fbpx
spot_img
Monday, September 30, 2024
More
    spot_img

    Global News Break launches its news portal in Nepali language

    Must Read

    GNB Desk
    GNB Desk
    A global media for the latest news, entertainment, music fashion, and more.
    Follow us

    We are thrilled to announce that Global News Break has launched a new Nepali news website at https://nepali.gnbnow.com/.

    We believe that the credibility of the readers has increased due to the ethical journalism maintained by Global News Break media and the contents transmitted to the readers.

    In the days to come, we are encouraged to continue to produce content in the service of the community and in the interest of the community by strengthening its management, content quality, and procedures established by GNB media.

    In this context, we have received constant suggestions and requests from the readers for the operation of Global News Break in the Nepali version as well. We could not deny the request and interest of the readers and today we have started the operation of the Nepali version of GlobaL News Break on the auspicious occasion of the Nepali festival Vijaya Dashami.

    Some of the great new features of this site include:

    • Community News
    • Blogs
    • Health and Fitness
    • Business and Technology
    • Entertainment
    • Sports
    • Video News

    We provide a platform and encourage student journalists to write articles, news, or blogs. They can directly send to us at globalnewsbreaking@gmail.com

    Please let us know feedback or concerns to ensure we continue to serve you well.

    Thank you,

    Global News Break LLC

    PO BOX: 7032
    Fairfax Station, VA 22039

    United States

    Email: globalnewsbreaking@gmail.com

    Phone: 703-239-1282
    News portal in English: https://globalnewsbreaking.com/

    News portal in Nepali:https://nepali.gnbnow.com/

    Read the editorial in Nepali as below:

    सम्पादकीय : पाठकको रुचि सत्य , तथ्य र स्वतन्त्र ग्लोबल न्यूज ब्रेकको नेपाली संस्करण

    ग्लोबल न्यूज ब्रेकको अग्रेजी संस्करणले नौ महिनाको छोटो अवधि पुरा गरेको छ।  यस छोटो अवधिमा पाठकहरुले दर्शाउनु भएको अपार मायाँ , विश्वास र  मिडियाप्रतिको भरोसाले अझ राम्रो गर्न हामीलाई हौसल्ला प्रदान भएको छ।

    ग्लोबल न्यूज ब्रेक मिडियाले बिषेशत स्वतन्त्र रहि कायम राखेको नैतिक पत्रकारिता र यसको जगमा सम्प्रेषित सामाग्रीहरुका कारण नै पाठकहरुको विश्वसनीयता बढेको हाम्रो बुझाई रहेको छ।

    आगामी दिनहरुमा यस मिडियाबाट स्थापित ब्यबस्थापन, गुणस्तर र कार्यविधिलाई  निरन्तरता दिई समूदायको सेवामा र समूदायको हितमा सामाग्रीहरु संप्रेषण गर्न हामीलाई उत्साहित तुल्याएको छ। 

    यसै प्रसङ्गमा पाठकहरुबाट नेपाली संस्करणमा समेत ग्लोबल न्यूज ब्रेकको संचालनका लागि हामीलाई सुझाव र अनुरोध समेत  निरन्तर प्राप्त भए । हामीले पाठकहरुको अनुरोध र रुचिलाई नकार्न सकेनौ र आज बिजया दशमीको शुभ साइतमा नेपाली संस्करणको ग्लोबन न्यूज ब्रेकको संचालन शुरु गरेका छौ। 

    प्रबासमा नेपाली डिजिटल पत्रकारिता एउटा ‘रहरकारिता’ मा मात्र सिमित भएको तपाई पाठकहरु नै ज्ञाता हुनु हुन्छ। केहि अपबाद बाहेक अमेरिकामा रहरका लागि स्थापना गरिएका प्रायस डिजिटल मिडियाहरुको भीडमै जन्मिएको नेपाली सस्करणको यस ग्लोबल न्यूज ब्रेकका लागि यो समय निश्चय पनि चुनौतीपूर्ण हुनेछ।

    डिजिटल मिडियाको व्यापक विकास र विस्तार भइरहेको यो समयमा पाठकका लागि विभिन्न विकल्प उपलब्ध छन्। त्यसैले पत्रकारितालाई अझ विशिष्टीकरणतर्फ अगाडि बढाउन हामी प्रतिबद्ध छौं– ताकि रहरकारिता तथा पर्चाकारिता गर्दै आएका  मिडियाको भीडबाट हाम्रा पाठकले  अलग , उत्कृष्ट, निष्पक्ष र रोचक सामग्री प्राप्त गर्न सकून्।

    सिद्धान्ततः पत्रकारले जहिले पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दछ।  तर, अधिकांश सरकारहरु मिडियालाई आफ्नो प्रचारप्रसार टोलीका रुपमा हेर्न चाहन्छन्। केही मिडिया यसको हिस्सा बन्छन् पनि। यता प्रबासमा नेपाल कै सिको सिकेर ब्यक्ति वा सस्थाको मुखपत्रका रुपमा पर्चाकारिता गर्ने गरेका कारण सबै नेपाली मिडियाहरु उस्तै हुन् भन्ने भनाइ समूदायबाट सुन्ने गरिएको छ। तर, हामीलाई थाहा छ, हाम्रा पाठक सत्य जान्न चाहन्छन्, न्यूज रुममा उत्पादन गरिएका कृत्रिम कथा होइन, न त कसैको प्रचार नै। पाठकको यही रुचि साँचो र असल पत्रकारिताका लागि हौसला बन्छ।

    अर्कोतिर, डिजिटल मिडियाको बाढी, समाचार ब्रेक गर्ने होड, भिजिटर बढाउने र भाइरल हुने मोहले उत्तरादायी पत्रकारितामा नकारात्मक प्रभाव पारेको छ। तर, हामी सामाजिक रुपान्तरणका लागि, जनहितका लागि र सत्य स्थापित गर्नका लागि यो होडबाजी भन्दा पर थुप्रै नभनिएका कथा भन्ने प्रयत्न गर्नेछौं।

    प्रबासमा सामूदायका भन्न बाँकी कथाहरु धेरै छन्। कसैले नसुनिदिएका तर सुन्नैपर्ने आवाज प्रशस्त छन्। हाम्रो चेतनाका अंश बनिसकेका ती कथा र आवाज समेट्दै हामी अघि बढ्नेछौं।

    अहिले विश्व कोभिड– १९ को महामारीबाट संकटग्रस्त छ। यसले पत्रकारिताको आयाममा पनि परिवर्तन ल्याउँदै छ। रिपोर्टिङका तरिकामा फेरबदल आएको छ। यो महामारी र बन्दाबन्दीको चुनौतीका बीच बदलिएको परिस्थितिमा हामी हाम्रा पाठकलाई निरन्तर सुसूचित गराइरहनेछौं।

    हामी प्रतिज्ञा गर्दछौ:

    • हामी स्वतन्त्र रहदै कुनै ब्यक्ति वा संस्था बिशेषको प्रायोजनमा वा आर्थिक सहयोग उठाई तिनको भजन गाउने छैनौ।
    • हामी नैतिक पत्रकारिताको जगमा रही समूदायको हितमा हुने सामाग्रीहरु – सूचनामुलक, ज्ञानबर्द्दक र समूदायका भन्न बाँकी कथाहरु र ब्यथाहरु मात्र सम्प्रेषण गर्नेछौ।
    • भाइरल हुने , भ्यूज बढाउने र समूदायमा फाटो ल्याउने मनसायका सामाग्रीहरु सम्प्रेषण गरिने छैनन्।  
    • यो मिडिया एक नन प्रोफिक्ट सरहको हुनेछ र यसको ब्याबसायिक बिज्ञापनबाट उठेको रकममा खर्च कटाई हुने आम्दानीको सत प्रतिशत रकम सामूदायिक हितमा खर्च गरिनेछ।
    • अग्रेजी संस्करणमा झैँ यस नेपाली  संस्करणमा समेत इन्टर्न तथा भोलेन्टियरहरुले काम गर्ने छन। यस प्रयासबाट सरल र नैतिक पत्रकारिताको जग बसाउन एउटा अवसर प्राप्त हुने हाम्रो बिश्वास छ।
    • अत: यो मिडिया समूदायमा समर्पित भएकाले यस अभियानकालागि सामूदायिक बिषयका लेख, रचना, समूदायका भन्न बाँकी दुख र सुखका कथाहरु पठाउन हार्दिक अनुरोध गर्दछौ। 

    नेपाली सस्करणको स्थापनाको यो विशेष अवसरमा हामी हाम्रा पाठकसँग जिम्मेवार र व्यावसायिक पत्रकारिताको प्रतिबद्धता पुनः दोहोर्‍याउन चाहन्छौं।

    अन्त्यमा, बिजया दशमीको यो पावन अवसरमा हामी हाम्रा पाठकप्रति आभार र शुभकामना ब्यक्त गर्दछौं।

    Comments
    - Advertisement -spot_img
    - Advertisement -

    Latest News

    Media Contempt: Sidha Kura Dotcom Sentenced for Misleading Reports on Judiciary

    Key Points: 1. The Supreme Court of Nepal sentenced Sidha Kura Dotcom’s publisher Yubaraj Kandel and editor Navin Dhungana...
    - Advertisement -spot_img

    More Articles

    - Advertisement -spot_img